
ताप्लेजुङ । ताप्लेजुङमै अब स्नातकोत्तर तहको पढाई हुने भएको छ ।
ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा यही शैक्षिक सत्रदेखि सेमेस्टर प्रणालीमा आधारित शिक्षा शास्त्र संकायमा एम.एड. कक्षा सञ्चालन हुने भएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएसँगै क्याम्पसले अध्ययन गर्न इच्छुकका लागि सार्वजनिक सूचनामार्फत आवेदनसमेत खुला गरेको छ ।
माघ ३ गतेसम्म आवेदन फाराम बुझाउने अवधि तोकिएको पाथीभरा बहुमुखी क्याम्पस सञ्ञ्चालन समितिका अध्यक्ष गजेन्द्र तुम्याङले जानकारी दिए ।
स्नातकोत्तर कक्षा सञ्चालनका लागि गतवर्ष क्याम्पसमा महायज्ञसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्