Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


राजधानीमा दशैंको चहलपहल सुरु, बजारमा भीड (भिडियो)


0
Shares

दशैं, जसोतसो गरी राम्रो लाउने, मीठो खाने पर्व हो । त्यसैले सर्वसाधारणहरु आवश्यक सामग्रीहरुको जोहो गर्न जुटिसकेका हुन् ।

दशैंको रौनक सुरु भएसँगै बजारमा खाद्यवस्तुदेखि लत्ता कपडा, श्रृङ्गारका सामाग्रीहरुको समेत मूल्य अकाशिन थालिसकेको छ । दशैंको बेला सहुलियत दरका पसल खुल्नेदेखि छुटको नारा समेत खुबै सुनिने गर्दछ । तैपनि सर्वसाधारण चाडवाडको बेला झनै बढी मूल्य चुकाउनु पर्ने तीतो यथार्थ रहेको छ ।

चाडवाडकै मौका पारेर कालोबजारी गर्नेहरु पनि जुर्मुराउने गर्दछन् भने अत्यावश्यक वस्तुको मूल्य निश्चित नहुँदा सर्वसाधारणहरु चर्को मारमा पर्ने गरेका हुन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्