Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


सुनको मूल्य प्रतितोला ३ सयले घट्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला ६ सय रुपैयाँले उकालो लागेर ५७ हजार ८ सयमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ पनि ५ रुपैयाँ प्रतितोलाले घटेर ७ सय ९० मा कारोबार भयो ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १३ सय ५१ डलर हाराहारीमा कारोबार भएको छ ।