
‘इर्मा’का कारण सो राज्यमा ११ लाख वासिन्दा विद्युतविहीन बनेका छन् ।
फ्लोरिडा विद्युत कम्पनीले मियामी–डाड क्षेत्रमा करिब ६ लाख, ब्रोवार्ड मा करिब चार लाख र पाल्म विचमा करिब एकलाख ५० हजार मानिस विद्युत सेवा विहीन बनेका जनाएको छ ।
फ्लोरिडाको कुडजो किजमा आँधीका कारण आइतबार बिहान विशाल पहिरो गएको छ ।
फ्लोरिडा राजमार्ग सुरक्षा गस्ती टोलीले आँधीबाट भाग्ने क्रममा राजमार्गमा दुई जनाको निधन भएको बताएको छ ।
फ्लोरिडामा २१५ किलोमिटर प्रतिघण्टाका गतिमा आएको आँधीका कारण पहिरो गएको छ ।
समयमै लाखौँ मानिसलाई सुरक्षितस्थलमा जान राज्य सरकार तथा सुरक्षाकर्मीले सूचना गरेकोले आँधीका कारण ठूलो मानवीय क्षति नभएपनि हजार्रौ घरहरू प्रभावित बनेका छन् । रासस/एपी
प्रतिक्रिया दिनुहोस्