१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


इर्मा आँधीका कारण अमेरिकाको फ्लोरिडा अस्तव्यस्त (फोटोफिचर)


0
Shares

आँधीका कारण फ्लोरिडामा तीन जनाको मृत्यु भइसकेको छ । आँधीसहित फ्लोरिडामा भीषण वर्षा भइरहेको छ ।

प्रतिघण्टा २ सय किलोमिटरको रफ्तारमा आएको आँधीका कारण त्यहाँका २५ लाख घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

मियामी शहरका कतिपय ठाउँ डुबानमा परेका छन् । फ्लोरिडाका करिब ६३ लाख मानिसलाई सुरक्षित स्थानमा राखिएको छ । उनीहरुलाई विद्यालय, रंगशाला, कभर्ड हललगायतका स्थानमा शिविर खडा गरेर राखिएको छ ।

क्यारेबियन क्षेत्रमा पछिल्लो १० वर्षमा आएको यो सबैभन्दा शक्तिशाली आँधी हो । यो आँधीमा परेर विभिन्न देशमा २८ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । (एजेन्सी)