Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


गोलभेडा खेतीबाट पाल्पाका किसान मालामाल


0
Shares

तराईमा आएको बाढीले तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएपछि पहाडमा उत्पादित गोलभेडाले राम्रो बजार पाएको हो ।

गत वर्ष प्रतिकिलो ४० रुपैयाँमा गोलभेडा बिक्री गरेका किसानले अहिले प्रतिकिलो ८० देखि ९० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । गोलभेडा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले परम्परागत मकै, कोदो लगायतका बर्षे बाली छाडेर व्यवसायिक गोलभेडा खेती गर्न थालेको कृषि विकास कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाका मदनपोखरा, चिदिपानी, जल्पालगायतका गाउँमा गोलभेडा उत्पादन हुने गरेको छ । यहाँका किसानले एकै सिजनमा ५ लाख रुपैयाँसम्मको गोलभेडा बिक्री गर्ने गरेका छन् ।

पालङमैनादीमा गोलभेडाको व्यावसायिक खेती गरिरहेका करिव ६० जना किसान सहकारीमार्फत उत्पादन तथा बजारीकरणमा लागेका छन् ।

मैनादी कृषि सहकारीले सहुलियत दरमा किसानलाई ऋणसमेत दिँदै आएको छ ।