१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


हाइड्रोजन बम परीक्षणमा हानीकारक विकीरण छैन : चीन


0
Shares

उत्तर कोरियाले गत हप्तामात्र अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परीक्षण गरेको थियो । उक्त परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालको कुनै विकीरण भए नभएको बारेमा चीनले अध्ययन गरेको थियो ।

चीनको वातावरण संरक्षणसम्बन्धी मन्त्रालयले गरेको सो अध्ययनपछि यो तथ्य बाहिर आएको हो । उक्त मन्त्रालयले गरेको अध्ययनमा वातावरणलाई अथवा मानवीय स्वास्थ्यलाई असर पर्ने खालका कुनै पनि विकीरणहरु नपाइएको जनाइएको हो ।

चीनको सो मन्त्रालयको वेभसाइटमा दिइएको छ, ‘यसरी गरिएको अध्ययनमा उत्तर कोरियाले हालै गरेको सो परीक्षणका कारण वातावरणीय रुपमा असर पार्ने खालका कुनै पनि तत्व वा विकीरणहरु भेटिएका छैनन् ।’

उत्तर कोरियाले गरेको सो परीक्षणपछि चीनले गएको आठ दिनदेखि सो परीक्षणबाट उत्पन्न हुनसक्ने वातावरणीय खतराको बारेमा अनुसन्धान गरेको थियो । उक्त परीक्षणपछि सोमबार यो तथ्य बाहिर ल्याएको हो ।

उत्तर कोरियाले छैठौँ पटक गरेको परीक्षण यसअघिका सबै परीक्षणभन्दा शक्तिशाली भएको बताइएको छ ।

यसै परीक्षणका कारण उत्तर कोरियामा मात्र नभएर दक्षिण कोरिया र चीनमा पनि भुकम्पन महसुश गरिएको थियो । उक्त परीक्षण हाइड्रोजन बम मिश्रित भएकोले यसबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका विकीरणहरु पनि पाइनसक्ने बताइएको थियो ।

यस परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका कुनै विकीरणहरु नभेटिएको समाचार यसअघि पनि जापानले सार्वजनिक गरेको थियो । रासस/एएफपी