Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


मध्यमोदी जलविद्युतको सुरुङ निर्माण तीब्र, ४५ प्रतिशत काम बाँकी


0
Shares

कुल २ हजार ६ सय ९३ मिटर लामो सुरुङ्ग मध्ये हालसम्म १ हजार पाँच सय ४६ मिटर सुरुङ्ग निर्माण सकिएको जनाइएको छ ।

बाँकी रहेको साढे ११ सय मिटर सुरुङ आगामी जुन महिनासम्म सम्पन्न हुने निर्माण कम्पनी हिमाल हाईड्रका डेपुटी प्रोजेक्ट म्यानेजर एलबी थापाले जानकारी दिए ।

चौधरी ग्रुपको लगानीमा निर्माणाधिन मध्यमोदी जलविद्युत् आयोजना आगामी मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएपनि भुकम्प, नाकाबन्दीलगायतका कारणले दुई वर्ष ढिलाई हुने देखिएको आयोजनाले जनाएको छ ।

हाल भने निर्माण कार्यमा कुनै अवरोध नभएको आयोजनाले जनाएको छ । आयोजनाको कुल लागत २ अर्ब ८० करोड अनुमान गरिएको आयोजनाले जनाएको छ ।