Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न ‘कोसेली घर’ स्थापना


0
Shares

जिल्लाकै उत्पादनलाई प्रोत्साहन गर्ने गरी सरकारी तथा गैरसरकारी निकायको सहयोगमा सदरमुकाममा कोसेली घर स्थापना गरिएको हो ।

उपभोक्तालाई बजारको मूल्यभन्दा कममा र जिल्लाका गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रमुख उद्देश्यले कोसेली घर सन्चालन गरिएको सन्चालक ललित गुरुङले जानकारी दिए । कोसेली घर सन्चालनसँगै जिल्लाका किसानको मनोवल बढ्ने र सर्वसाधारण उपभोक्ता ठगिनबाट जोगिने उनको भनाइ छ ।

कोसेली घरमा ताप्लेजुङको प्रख्यात तोङ्वाको भाडा, चौंरी गाईको छुर्पि, घिउ, राडि, पाखि, धुपी, खुकुरीलगायत स्थानीय उत्पादन राखिएको छ । पाथीभरा पर्यटन सेवा समाजले सन्चालन गरेको कोसेलीघर स्थापनाका लागि लागि विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।