३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


माइबेनी मेला सुरु


0
Shares

इलाम, माघ १ । इलामको माइ र जोगमाइखोलाको संगमस्थल माइबेनीमा तीनदिने मेला सुरु भएको छ ।

परम्परागतरुपमा लाग्दै आएको माइबेनी मेलामा मंगलबार मकर नुहाउने भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

इलाम नगरपालिका र माइजोगमाइ गाउँपालिकाबीचमा लाग्ने मेलाको अवसर पारेर मेलामा स्थानीय कृषिउपज, सुन्तला, उखु र अन्य उत्पादन बिक्री गर्न किसानहरुले ल्याउने गरेका छन् ।

मेलामा भारतको सिक्किम, दार्जिलिड, मिरिक, भुटानलगायतका स्थानबाटसमेत मेला भर्न भक्तजनहरु आउने गरेका छन् ।