वर्तमान राजनीतिक अवस्था एवं स्थानीय चुनावलाई मध्यनजर गर्दै पार्टीको नीति, सिद्धान्त र एजेन्डाप्रति सहमत हुँदै फोरम नेपाल र मधेश तराई फोरमबीच औपचारिक रुपमा एकीकरण घोषणा गरिएको हो ।
मंगलबार रौतहटमा आयोजित चुनावी सभा एवं पार्टी एकीकरण कार्यक्रममा अध्यक्षद्वय यादवबीच राष्ट्रिय तथा मधेशका मुद्दाहरुलाई स्थानीय चुनाव, आगामी केन्द्र र प्रदेशको चुनावमार्फत् संस्थागत गर्दै थाँती रहेका जनताका सवाललाई सम्बोधन गराउन संघर्ष गर्ने सहमति भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको स्थापनाकालदेखि पहिलो र दोस्रो मधेश आन्दोलनसम्म अमर यादव फोरम नेपालमा केन्द्रीय कोषाध्यक्षमा रुपमा सक्रिय भूमिका निर्वाह गरेका थिए । तर, ०६७ सालमा उनले फोरम नेपाल परित्याग गरी मधेश तराई फोरम गठन गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्