मंगलबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग सोधेर नै मन्त्रिमण्डल विस्तार गरिएको दावी पनि गरे ।
इतिहासमै जम्बो अर्थात् ५४ सदस्यीय मन्त्रिमण्डल बनाएपछि सर्वत्र आलोचित बनेका देउवाले आफ्नो कामको बचाउमा यस्तो जवाफ दिएका हुन् ।
प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई सोधेरै मन्त्रिमण्डल विस्तार गरेको जिकिर गरे पनि आयोगले भने सरकारको यस कदमले आचारसंहिताको ठाडो उल्लंघन भएको भन्दै आलोचना गरिसकेको छ ।
प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तार पुरानै सरकारकोे निरन्तरता भएकाले आचारसंहिता उल्लंघन भन्न नमिल्ने तर्क गरे ।
कांग्रेस सभापतिसमेत रहेका देउवाको कार्यशैलीका कारण हालै सम्पन्न स्थानीय तहको दुई चरणमा पार्टीले नराम्रो परिणाम ब्यहोरिसकेको छ । तैपनि देउवाले अहिले गरेको मन्त्रिमण्डल विस्तारले पार्टीको कार्यक्षमतामा असर नपर्ने र २ नम्बर प्रदेशको चुनावमा कांग्रेस पहिलो बन्ने दावी गरे ।





प्रतिक्रिया दिनुहोस्