३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


दुई स्रष्टा सम्मानित


0
Shares

काठमाडौं, माघ १ । नेपाली साहित्य र संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याएका दुईजना व्यक्तित्वलाई ‘गंकि–धुस्वाँ वसुन्धारा प्रतिष्ठान’ले सम्मान गरेको छ ।

मंगलबार राजधानीमा गरिएको कार्यक्रममा नेपाल भाषाका उपन्यासकार मल्लके सुन्दरलाई ‘गंकि–वसुन्धारा पुरस्कार’बाट सम्मानित गरिएको छ ।

यस्तै, सांगीतिक क्षेत्रमा विशेष योगदान पुर्‍याएवापत गायक रामेश श्रेष्ठलाई ‘धुस्वाँ साय्मि सिर्जना सम्मान’बाट सम्मानित गरियो ।

उनीहरुलाई जनकवि दुर्गालालले श्रेष्ठले ताम्रपत्रसहित सम्मान गरेका थिए ।

सम्मानित व्यक्तित्व उपन्यासकार मल्लके सुन्दरले मातृभाषाको सम्मानका लागि आफूले नेपाल भाषामा साहित्य रचना गरेको बताए ।