३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


माघीको रौनक


0
Shares

काठमाडौं, माघ १ । थारु समुदायले मंगलबार नयाँ वर्षकारुपमा माघी पर्व मनाइरहेका छन् ।

विशेषगरी पश्चिम तराईका पाँच जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरका थारु समुदायले यो पर्वलाई विशेषरुपले मनाउने गर्दछन् ।

थारु समुदायले माघको पहिलो साताभर मनाउने माघी पर्वलाई टाढा–टाढा गएका आफन्तहरुको घरफिर्ती भएपछिको पारिवारिक मिलन, निसराउ चढाएर अग्रजको सम्मान, सुख–दुःख साटासाट, नाचगान र मीठो–मसिनो खानपानका साथै वर्षभरिको योजना बनाउने पर्वकारुपमा मनाउने गरेका छन् ।

यसैबीच, राजधानीको चुच्चेपाटीमा माघी पर्वका अवसरमा मंगलबार कार्यक्रम गरिएको छ ।

सो अवसरमा थारु समुदायमा लोकप्रिय विभिन्न परिकार प्रदर्शन गर्नुका साथै सांस्कृतिक झाँकीहरु प्रस्तुत् गरिएको थियो ।

पर्वको अघिल्लो दिन सुंगुर काटेर सुरु हुने माघी पर्वमा सोही रात घरका सदस्यहरु मघौता र झुम्रा नाच नाच्ने गर्छन् ।

माघीको पहिलो दिन आज बिहानै थारु समुदायका सदस्यहरु नदी तथा तालहरुमा नुहाएर अग्रज तथा चेलीहरुलाई दक्षिणासहितको सिदा निसराउ दिने गर्दछन् ।

यसै अवसरमा उनीहरुले नयाँ अगुवा चुन्छन् भने वर्षभरिको योजना पनि बनाउने गर्दछन् ।