
सर्वोच्च अदालतका एकजना न्यायाधीशले टेमेयर विरुद्ध नयाँ भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्न अधिकार दिएको केही घण्टापछि नै टेमेयरले विज्ञप्ति मार्फत यस्तो आरोप लगाएका हुन् ।
हरेक दिन आरोपितको प्रतिक्रिया बिना व्यक्तिगत अधिकार हनन् भइरहेको उनले उल्लेख गरेका छन् ।
ब्राजिलका अन्य नेताहरुसहित राष्ट्रपति टेमेयर ‘अपरेशन कार वाश’ भनिने भ्रष्टाचार काण्डमा तानिएका छन् । उनले भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन् ।
‘अपरेशन कार वाश’ ब्राजिलको सबैभन्दा ठूलो भ्रष्टाचार अनुसन्धान हो ।
यसमा उच्च तहका व्यक्तिका लागि दिइएको घुसबारे तीन वर्षदेखि अनुसन्धान भइरहेको छ ।
अनुसन्धानमा अघिल्ला दुई राष्ट्रपति पनि मुछिएका छन् । ब्राजिलमा एक पछि अर्को गरी राष्ट्रपतिहरु भ्रष्टाचार काण्डमा मुछिएका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्