Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


शहरबजार केन्द्रित दलहरुलाई भोट माग्न गाउँ नै प्यारो (भिडियो)


0
Shares

शहरबजारमा भन्दा ग्रामीण क्षेत्रमा मतदाता धेरै भएका कारण राजनीतिक दलहरुले चुनाव प्रचारलाई पनि त्यतातिरै बढी केन्द्रित गरेका हुन् ।

विशेष गरी बाराका ठूला राजनीतिक दलहरुले चुनाव प्रचारप्रसारलाई ग्रामीण क्षेत्र केन्द्रित गरेका छन् ।

यसअघिका निर्वाचनमा उम्मेदवारहरुले शहरबजार केन्द्रित चुनावी अभियान सञ्चालन गर्दा ग्रामीण क्षेत्रका मतदाताले चित्त दुखाउँदै आएका थिए ।

उनीहरुले आफूहरुका समस्या उम्मेदवारलाई भन्नसमेत नपाएको गुनासो गर्दै आएका थिए ।

अहिले भने उम्मेदवारहरुले ग्रामीण क्षेत्रमा पुगेर घरदैलो अभियान सञ्चालन गर्दै स्थानीयका समस्या बुझ्ने प्रयास तिव्र पारेका छन् ।

उम्मेदवारहरुको सक्रियतासँगै बाराका ग्रामीण क्षेत्रमा चुनावी गतिविधि निकै बढेको छ । गाउँगाउँका घरहरुमा विभिन्न दलका निर्वाचन चिन्ह अंकित झन्डा टाँगिएका छन् ।

चोक बजारमा पोष्टर, पर्चा वितरणदेखि जुलुस र सभा हुन थालेपछि मतदाता उत्साहित भएका छन् ।

राजनीतिक दल र तीनका उम्मेदवारहरुले मतदातालाई आफ्नो पक्षमा पार्न नाचगानसहितका सांस्कृतिक कार्यक्रमसमेत गरिरहेका छन् ।

यसले चुनावी रौनक झनै बढाएको छ । उम्मेदवारहरु स्थानीय विकास र अधिकारका विषय समेटिएको घोषणापत्र बोकेर मत माग्न ग्रामीण क्षेत्रमा पुगिरहेको बताउँछन् ।

बाराका सबैजसो गाउँमा दैनिक कुनै न कुनै दलका शीर्ष नेतासमेत सहभागी हुँदै आएका छन् ।

घरदैलोमै शीर्ष नेताहरु सहभागी हुँदै मत माग्न थालेपछि दलहरुप्रति विश्वाससमेत बढेको मतदाताहरु बताउँछन् ।

१६ स्थानीय तह रहेको बारामा अधिकांश तह ग्रामीण क्षेत्रमा पर्छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस