१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


दुई सय पाइलटले एक साथ लिए बिरामी बिदा, एअर बर्लिनको एक सय उडान प्रभावित


0
Shares

चालकहरूले छोटो समयमा सूचना दिई बिदा बसेकाले एटलान्टिक समुद्रपार गरेर जानेसमेत गरी १०० उडान रद्द भएका कारण जर्मनीका कैयौँ विमानस्थलमा यात्रुसमेत अलपत्र परेका थिए ।

विमान कम्पनीका कार्यकारी प्रमुख थोमस विन्कलम्यानले कमजोर अवस्थामा चलिरहेको विमान कम्पनीका उडान नै रद्द गर्नुपर्ने गरी एकै पटक चालक विदा बस्नुलाई ‘आगोसँग खेलेको’ संज्ञा दिँदै भने, ‘चालकले कम्पनीलाई असहयोग गर्दा कैयौँ लाख अमेरिकी डलर बराबर आर्थिक घाटा व्यहोर्नुपरेको छ ।’

यस घटनाले विमान कम्पनीको ख्यातिमाथिसमेत प्रभाव परेको उनले बताए ।

उनले भने, ‘यसरी हामीले केही मात्र कर्मचारी तथा चालकदलका सदस्यलाई रोजगारीको सुरक्षा गर्नसकिने हुन्छ ।’

आफ्ना माग पूरा गर्न चालक दलसँग वार्ताको विकल्प नभएको र सफल वार्ताका लागि उडानलाई नियमित गर्नुपर्ने पूर्वशर्त कम्पनीको रहने उनले बताए ।

जर्मन सञ्चारमाध्यमले विमान कम्पनीलाई नयाँ व्यक्तिले लिएको र विमान कम्पनीमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्नुपर्ने माग राख्दै कर्मचारी तथा चालकहरूले दवाव दिएपछि केही समयदेखि कम्पनीमा समस्या उत्पन्न भएको उल्लेख गरेका छन् ।

एअर बर्लिनले कम्पनी बर्षौदेखि घाटामा गएको र गत महिनादेखि कम्पनीको सबैभन्दा ठूलो हिस्सेदार विमान कम्पनी इतिहादले कम्पनीबाट खर्चदिन रोकेपछि कर्मचारीको तलवसमेत दिइएको छैन । एअर बर्लिनको स्वामित्व हस्तान्तरणका लागि यही शुक्रबारसम्मका लागि आवेदन गरिएको छ । (रासस/सिन्ह्वा)