देशकै नमूना खानेपानी आयोजनाको रुपमा २०७२ साल पुस १६ गतेबाट शुरु भएको काम मुहान विवादका कारण रोकिएको हो ।
पाँचथरको कुम्मायक गाउँपालिकास्थित यासोक, रानीगाउँ र स्याबरुम्बा क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्न ‘तमोर लिफ्ट आयोजना’ सुरु गरिएको थियो ।
प्राविधिक र आर्थिक दुवै रुपले ठीक रहेको भन्दै तमोर नदीस्थित लोरिपा दोभानबाट पानी लिफ्ट गरेर ल्याउन काम सुरु भएको थियो ।
तर आयोजनाको ठेक्का पाएको कम्पनी प्रेरा स्वामी नारायण जेभीले काम थालेपछि लोरिपा दोभान मुहानका लागि अनुपयुक्त हुने देखिएपछि तीन किलोमिटर तल लुमुघाटमा मूल सार्ने प्रस्ताव गर्दा विवाद चुलिएको हो ।
अहिले आयोजनाको मूलको सम्पूर्ण काम स्थगित गरिएको छ ।
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख सुरतलाल चौधरीले मुहानको विषयमा विवाद रहेकाले तत्काल निर्माणको काम अघि नबढ्ने जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्