Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


हामी कांग्रेस, एमालेका नेताजस्तो बोल्ने एउटा, गर्ने अर्काे होइनौं : बाबुराम


0
Shares

तेस्रो चरणको स्थानीय निर्वाचन प्रचार–प्रसारकोक्रममा सिरहा आइपुगेका संयोजक डा. भट्टराईले बुधबार आयोजित सभालाई सम्बोधन गर्दै हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकतालाई समृृद्ध बनाउने आफ्नो लक्ष्य भएको बताए ।

मधेस र मधेसीलाई अधिकारसम्पन्न बनाउन आफू लागिपरेको उनको भनाइ थियो ।

‘हामी जे बोल्छौं, त्यही गर्छौं’–उनले भने–‘हामी कांग्रेस, एमालेका नेताजस्तो बोल्ने एउटा, गर्ने अर्काे होइनौं, जे बोल्छौं, त्यो गरेरै छाड्छौं ।’

मुलुकको विकास र समृद्धिका लागि नयाँ सोचका साथ नयाँ शक्ति निर्माण भएकाले आफ्नो पार्टीले चुनाव जित्नसकेमात्र नेपाली जनताको सपना सकार हुने उनको भनाइ थियो । रासस