Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


देश भ्रष्टाचारबाट ग्रस्त, ठूला पार्टीका कुनैपनि नेताहरु चोखो छैनन् : कमल थापा


0
Shares

बुधबार पोखरामा राप्रपाको पश्चिमाञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ठूला भनिने पार्टीका कुनैपनि नेताहरु चोखो नरहेको दाबीसमेत गरे ।

अध्यक्ष थापाले राप्रपाको विभाजन राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने र मुलुकलाई हिन्दूराष्ट्र बन्न नदिने षडयन्त्र भएको जिकिर गरे ।

पार्टी विभाजन देशी–विदेशी शक्तिको ‘डिजाइन’अनुसार नै भएको उनको भनाइ थियो ।

उनले ‘स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत सफलता पाउन नसक्नुमा पार्टीका एजेन्डाहरु जनस्तरसम्म पुर्‍याउन नसक्नु, पार्टी संगठन कमजोर र निर्वाचनका लागि आवश्यक तयारी गर्न नसक्नु नै हो’–भने ।

दुई दिनसम्म चल्ने सो भेलामा सो क्षेत्रका १६ ओटै जिल्लाका जिल्ला, क्षेत्र, नगर र गाउँस्तरका अध्यक्षहरुको सहभागिता रहेको छ ।