१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


आणविक परीक्षण झनै बढाउँछौं : उत्तर कोरिया


0
Shares

सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाकाविरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको थियो ।

उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी भन्दै मंगलबार लगाइएको सो नाकाबन्दीको विरोधमा उसले यस्तो प्रतिक्रिया दिएको हो ।

अमेरिकाको प्रस्तावमा उत्तर कोरियाकाविरुद्धमा संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीलाई उसले ‘दुष्ट काम’को संज्ञा दिएको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सोमबार सर्वसम्मत् निर्णय भएपछि उसले भनेको थियो–‘यसकाविरुद्धमा अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

सोमबार चीन र रुसको पनि सहमति र उक्त परिषद बैठकको सर्वसम्मतिमा सो कानुन पारित गरिएको हो ।

उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्र परीक्षण गर्दै आएकाले उसकाविरुद्धमा यो कानुन ल्याइएको अमेरिकाले जनाएको छ ।

उत्तरले गत हप्तामात्र एक शक्तिशाली हाइड्रोजन बम नै परीक्षण गरेको थियो । त्यसकाविरुद्धमा यो पछिल्लो नाकाबन्दी आएको हो ।

यस कार्यलाई उत्तर कोरियाले निन्दा गर्दै आणविक परीक्षणको कार्य नरोकिने बरु थप बढाउँदै लाने जनाएको हो ।

विश्व समुदाय एवं संयुक्त राष्ट्रसंघले व्यापक मात्रामा विरोध गर्दागर्दै पनि उत्तर कोरियाले आणविक क्षेप्यास्त्र हान्ने गरेको छ ।

उसले सन् २००६ देखि नै निरन्तररुपमा यस्तो परीक्षण गर्दै आएको छ । रासस/एएफपी