प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनको प्रचार–प्रसारकाक्रममा सप्तरीको राजविराजमा आएका अध्यक्ष दाहालले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘देशका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेले मधेस र मधेसीप्रति शोषणमात्रै गरेको र झुठो आश्वासन दिएर ठग्दै आएको तर आफ्नो पार्टी मधेस र मधेसीको समृद्धि र विकासमा लागेको’ बताए ।
उनले प्रदेश नम्बर–२ को स्थानीय तहको निर्वाचनमा मधेसी दलसँग आफ्नो पार्टीले तालमेल मिलाउन खोजेको तर मधेसी दलहरुभित्र विवाद, तनाव र खिचातानी रहेकाले तालमेलमा समस्या भएको स्पस्ट गरे ।
आफू प्रधानमन्त्री हुँदा तराई–मधेसको डुबान समस्याबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेको बताउँदै उनले तराईको हुलाकी राजमार्ग र सिँचाइको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गरेको बताए ।
यसअघि, अध्यक्ष दाहालले सप्तरीका सुरक्षा निकायसँग सप्तरीको सुरक्षा अवस्था र निर्वाचनकाबारेमा जानकारी लिएका थिए ।
त्यस्तै, उनले बुधबार बिहान सप्तरीका उद्योगी–व्यवसायीसँगसमेत सप्तरीको राजनीतिक अवस्था र व्यावसायिक अवस्थाबारे छलफल गरेका थिए । रासस





प्रतिक्रिया दिनुहोस्