Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


नेप्से ९ अंकले झर्‍यो


0
Shares

बजार परिसूचक नेप्से ९ अंकले झरेर १४ सय ९३ विन्दुमा आएर थामियो ।

विकास बैंक समूह सबैभन्दा उच्च २४ अंकले ओरालो लाग्यो । उत्पादनमूलक २२ अंकले र बैंकिङ समूह ११ अंकले ऋणात्मक रहे । कारोबार भएका अरु समूह भने सामान्य अंकले सकारात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीका १२ लाख ७७ हजार कित्ता सेयर ६३ करोड ६९ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।