Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


सुनको भाउ २०० ले उकालो लाग्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुन तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन मंगलबार तोलाको ५६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले वृद्धि भएर तोलाको ७८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १३ सय ३८ डलर हाराहारीमा कारोबार भएको थियो ।