
बसी नाम दिइएको ३७ वर्षको पोथी पान्डालाई आफ्नो प्रजातीमा विश्वकै सबैभन्दा लामो उमेरसम्म बाँच्ने जीव भनिएको बीबीसीले उल्लेख गरेको छ ।
मानिसको उमेरसँग तुलना गर्दा बसी नाम गरेकी पान्डा सय वर्षभन्दा बढी बाँच्न सफल भएकी छन् । चिनियाँ सरकारले यस प्रजातीको पान्डालाई निकै प्राथमिकताका साथ संरक्षण गरिरहेको छ ।
वषौंदेखिको संरक्षण प्रयासका कारण चीनमा पान्डा संकटाको अवस्थाबाट मुक्त भइसकेको छ । बसी नाम गरेको उपत्यकाको हिमनदीबाट उद्धार गरिएकाले उनको नामको नाम बसी राखिएको थियो । खेलकुदको प्रशिक्षणसमेत लिएकी बसीले सन् १९९० को पहिलो एसियाली खेलकुदको प्रतीक ‘मस्कट’लाई समेत प्रेरित गरेको थिइन् । त्यसपछि उनी विश्वभर प्रसिद्ध ‘सेलिब्रेटि’ खेलाडीको रुपमा चिनिएकी थिइन् ।
उनले विशेषगरी भारात्तोलन खेलमा सबैभन्दा बढी रुची राखेकी थिइन् ।
चार वा पाँच वर्षको उमेरदेखि उनलाई फुचियानको आश्रयस्थलमा राखिएको थियो । चीनमा अहिले पान्डाको संख्यामा उल्लेख्य वृद्धि भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्