Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


कारोबार भएका सबै समूह हरियो


0
Shares

बजार परिसूचक नेप्से ३७ अंकले उकालो लागेर १५ सय ३० पुग्यो । कारोबार भएका सबै समूह हरियो रहे । बिमा समूह सबैभन्दा उच्च २ सय ४९ अंकले उकालो लाग्यो ।

होटल समूहमा ४३ अंक, वाणिज्य बैंक समूहमा ३६ अंक अनि उत्पादनमूलक समूह पनि ३४ अंकले उकालो लागे । विकास बैंक, वित्त, व्यापार, जलविद्युत् र अन्य समूह पनि दोहोरो अंकले सुधारिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६१ कम्पनीको १२ लाख बराबर कित्ता सेयर साढे ६३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।