Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


आज चुनाव प्रचारको अन्तिम दिन, मध्यरातपछि मौन अवधि


0
Shares

असोज २ गते हुने चुनावका लागि आज प्रचार प्रसार गर्ने अन्तिम दिन हो । राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुँदैछ । दल र उम्मेदवारहरुले मध्यराति १२ बजे अगाडीसम्म मात्र प्रचारप्रसार गर्न पाउने छन् ।

मौन अवधि शुरु भएपछि चुनाव सम्पन्न नहुन्जेल राजनीतिक दल, दल तर्फका उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने तथा मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने प्रष्ट व्यवस्था छ ।

एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने तथा उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्नअंकित पहिरन, टोपी, स्टिकर, प्रतीक चिह्न, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने पनि निर्वाचन आचार संहितामा उल्लेख छ ।