१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


आईएसको आक्रमणमा ६० जनाको मृत्यु, ९० जना घाइते


0
Shares

आक्रमणमा करिब दुई सय मानिस घाइते भएका छन् । धिक्वार प्रान्तको राजधानी नासीरियाको एक रेष्टुराँमा आत्मघाती आक्रमणकारीले आफैंलाई विष्फोट गराएका थिए भने अरु बन्दूकधारीले गोली प्रहार गरेका थिए ।

आक्रमणकारीले सेनाको चोरेको गाडी प्रयोग गरेका थिए । भीडभाडयुक्त उक्त रेष्टुराँमा विष्फोटक पेटी बाँधेका आत्मघातीले आफैंलाई उडाएका थिए भने अरु आक्रमणकारीले ग्रिनेड र गोली प्रहार गरेका थिए ।

यसैको केही समयपछि एक सुरक्षा चेक पोष्टमा विष्फोट गराउँदा एक कार ध्वस्त भयो । मारिनेमा सात जना इरानी नागरिकसमेत परेका छन् । हमलामा ९० जना घाइते भएका छन् । (एजेन्सी)