१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


म्यानमारमा योजनाबद्ध ढंगले हत्या भएको एम्नेष्टीको ठहर


0
Shares

यससम्बन्धी यथेष्ट प्रमाण आफूसँग रहेको दावी एम्नेष्टीको छ । स्याटलाइटबाट लिइएको तस्वीरमा हिंसाग्रस्त रखाइन प्रान्तको ८० भन्दा बढी स्थानमा भयंकर आगो लगाइएको पनि एमनेष्टीले जनाएको छ ।

सेना र आक्रमणकारी गिरोहले घर जलाउन पेट्रोल र रकेट लञ्चर प्रयोग गरेको एवं अन्धाधुन्ध गोली प्रहार गरी रोहिन्ग्याको हत्या गरिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त संस्थाले जनाएको छ । सुरक्षा फौजले नश्लीय सफाया गर्न अभियान नै चलाएको दावी एम्नेष्टीको छ । सेनाले भने अतिवादी रोहिन्ग्याविरुद्ध मात्र आफ्नो कारवाही केन्द्रित रहेको जनाएको छ ।

यसैबीच, अमेरिका र ब्रिटेनले पनि म्यानमारको सेनालाई हिंसा बन्द गर्न आग्रह गरेका छन् । अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले रोहिन्ग्याविरुद्ध चलाइएको हिंसा तत्काल बन्द गर्न आग्रह गरेका हुन् ।

आङ साङ सू कीले निकै मुस्किल र जटिल परिस्थितिको सामना गरिहेको आफूहरुलाई अनुभूति भएपनि यो हिंसा कुनै हालतमा स्वीकार्य नहुने उनले उल्लेख गरे । टिलरसनले सू कीलाई सबैले साथ दिँदै सत्ता साझेदारी गरिरहेको सेनाप्रति भने दबाब सिर्जना गर्नुपर्ने बताए ।

ब्रिटेनका विदेश मन्त्री बोरिस जोन्सनले हिंसा रोक्न म्यानमारकी शीर्ष नेतृ सू कीले आफ्नो नैतिक प्रभाव प्रयोग गर्नुपर्ने सल्लाह दिए ।

बर्मामा फेरि सैनिक शासन फर्कियोस् भन्ने पक्षमा कोही नरहेको भन्दै उनले देशबाट पलायन भएका रोहिन्ग्यालाई ससम्मान घर फर्कने वातावरण बनाउन आग्रह गरे । (एजेन्सी)