१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील


0
Shares

सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाकाअनुसार जिल्लाका कुल २१९ मतदानस्थलमध्ये १०९ ओटा अतिसंवेदनशील र ८४ ओटा संवेदनशील रहेका छन् भने २६ ओटा मतदानस्थलमात्र सामान्य अवस्थाका रहेका छन् ।

तेस्रो चरणअन्तर्गत् आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी जिल्लाका हरेक मतदानस्थलमा उच्चसुरक्षाको व्यवस्था गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।

भारतीय सीमासँग जोडिएका स्थानमा रहेका मतदानस्थलमा हुनसक्ने आपराधिक तथा उच्छृंखलकार्य रोक्न विशेष सुरक्षा योजना अवलम्बन गरिएको प्रहरी उपरीक्षक कोइरालाले बताए । रासस