३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


रोल्पामा जिप दुर्घटना, दुईजनाको मृत्यु, १६ घाइते


0
Shares

रोल्पा, पुस ३० । रोल्पाको परिवर्तन गाउँपालिकाको चौकाबाङमा सोमबार एक जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।

मृत्य हुनेमा परिवर्तन गाउँपालिका–१ का १९ वर्षीया सन्जु पुन र एक ६ महिने बालिका रहेको वडाध्यक्ष बमबहादुर पुनले बताए ।

लु१ज ३३३२ नम्बरको जिप दुर्घटना भएको हो । जिपमा २० जना यात्री सवार रहेको जनाइएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको छ ।

उकालोमा जिप पछाडि गुडेर सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ ।