१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


उत्तर कोरियाली क्षेप्यास्त्र प्ररीक्षणले स्थिति थप तनावग्रस्त : रुस


0
Shares

रसियाली प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले यस्ता गतिविधिले कोरियाली प्रायद्वीपमा तनाव थप बढ्ने बताएका छन् ।

उनलाई उद्धृत गरी रसियन समाचार संस्था ‘तास न्यूज’ एजेन्सीले भनेको छ, ‘रसिया यस्ता उत्तेजक गतिविधिबाट चिन्तित बनेको र यसले कोरियाली प्रायद्वीपमा थप तनाव सिर्जना गर्छ ।’
उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्रलाई शुक्रबार जापानको आकासमा हानेको थियो ।

यस समाचारलाई संसारका समाचार समितिहरूले शुक्रबार बिहानदेखि प्राथमिकताका साथ सम्प्रेषण गरेका थिए । उनीहरूले फेरि उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको समाचारमा जनाएका छन् ।

अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको समेत बेवास्ता गर्दै आणविक परीक्षणहरू गर्दै आएको उत्तर कोरियाले पुनः ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो ।

उत्तर कोरियाले गएको सेप्टेम्बर ३ मा अत्यन्तै शक्तिशाली हाइड्रोजन बम मिश्रित मिसाइल हानेको थियो । रासस/ सिन्ह्वा