१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


रौतहटमा मतदाता परिचयपत्र नपाएको गुनासो


0
Shares

आयोगले शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण शुरु गरेको थियो । हिजोसम्म करिब ३३ प्रतिशतले मतपत्र लगिसकेको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच रौतहटका मतदाताले भने सहज ढंगले परिचयपत्र पाउन नसकेको गुनासो गरेका छन् ।

रौतहटका कतिपय मतदान केन्द्रमा कर्मचारी नपुग्दा परिचयपत्र पाउन नसकेको स्थानीयको भनाइ छ ।

रौतहटका १८ स्थानीय तहमा ३ लाख २१ हजार १८ मतदाता छन् ।