काठमाडौं, पुस ३० । नेपाल लगातार तेस्रो जितसहित थाइल्यान्डमा जारी महिला ट्वेन्टी––२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले तेस्रो खेलमा सोमबार युएईलाई ६ विकेटले हरायो ।
१०६ रनको सामान्य चुनौती नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
ओपनर सीता रानामगरले सर्वाधिक ३७ रन बनाएको इनिङ्समा काजल श्रेष्ठले २५ तथा इन्दु बर्माले १३ रनको योगदान दिइन् ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेटको क्षतिमा १०५ रन बनाएको थियो ।
छाया मुघलले सर्वाधिक ३१ रन बनाएको यएईको इनिङ्समा तीन खेलाडी रनआउट भएका थिए ।
नेपालका लागि सोनु खड्का, सीता रानामगर र करुणा भण्डारीले समान एक/एक विकेट लिए ।
यसअघि, पहिलो खेलमा चीनलाई १० विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको नेपाल लगातार तेस्रो जितसहित अन्तिम चारमा पुगेको हो ।
समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार आयोजक थाइल्यान्डसित खेल्नेछ ।








प्रतिक्रिया दिनुहोस्