११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


लन्डन रेल आक्रमणका आरोपित व्यक्ति पक्राउ


0
Shares

डोवरको दक्षिणी वन्दगाह क्षेत्रमा भेटिएका ती १८ वर्षीय युवकलाई केन्ट प्रहरीले नियन्त्रणमा लिई उनलाई अहिले स्थानीय प्रहरी चौकीमा राखिएको छ । उनलाई अनुसन्धानका लागि लन्डनस्थित प्रहरी हिरासतमा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिआतंकवाद मामिला प्रमुख मार्क रोलेले घटनामा संलग्न अन्य व्यक्तिलाई प्रहरीले पिछा गरिरहेको बताएका छन् ।

उनलाई प्रतिआतंकवादी कानूनअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शुक्रबार विहान भएको विस्फोटमा परी घाइते भएका ३० जनालाई घटनापश्चात उपचारका लागि अस्पताल पुर्‍याइएकोमा केही भने सामान्य उपचारपछि घर फर्किसकेका बताइएको छ ।
घटनाको इश्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको छ । रासस/एएफपी