११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


बंगलादेशले १० दिनमा चार लाख रोहिंग्या शरणार्थीका लागि शिविर बनाउने


0
Shares

कब्स बजार नजिक करीब ८ किलोमिटर क्षेत्रफलमा १० दिनभित्र बंगलादेशी सेना र सहायता संस्थाहरुले १४ हजार शिविर बनाउने भएका हुन् । प्रत्येक शिविरमा ६÷६ जना बस्ने व्यवस्था मिलाइने र ८ हजार ५ सय ओटा अस्थायी शौचालय पनि बनाइने बंगलादेश सरकारले बताएको छ ।

म्यानमार सरकारको अत्याचारका कारण गत अगष्ट २५ यतामात्र करीब ४ लाख रोहिंग्या मुसलमान पलायन भएर बंगलादेश पुगेका संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ ।

राष्ट्रसंघले रोहिंग्याविरुद्धको म्यानमार सरकारको कारवाहीले जातीय सफायालाई बढावा दिएको जनाएको छ । अधिकारवादीहरुले म्यानमारको सेनाले रखाइन प्रान्तमा रोहिंग्याको गाउँ नै जलाएको आरोप लगाएका छन् ।

तर, म्यानमारको सेनाले सर्वसाधारणमाथि नभई लडाकुविरुद्ध कारवाही लक्षित रहेको दावी गरेको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले रोहिंग्या शरणार्थीलाई लैजान म्यानमारलाई आग्रह गरिसकेकी छन् । (एजेन्सी)