Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


सातामा सुनचाँदीको भाउमा उतार–चढाव


0
Shares

आइतबार स्थानीय बजारमा छापावाल सुन तोलाको ५७ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा उतार–चढाव हुँदै शुक्रबार तोलाको ५७ हजार १०० रुपैयाँमा कारोबार भयो । यसरी सुनको भाउमा तोलामा ४०० रुपैयाँले कमी आयो ।

यस्तै, चाँदीको भाउ पनि आइतबार तोलाको ७९० रुपैयाँमा कारोबार भएकोमा उतार–चढाव हुँदै शुक्रबार तोलाको ७८५ रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिका तथा उत्तर कोरियाबीचको तनावका कारण सुनचाँदीको भाउमा उतार–चढाव आएको संघको भनाइ छ ।

बेरोजगारी बढ्नु र डलर कमजोर हुनुको कारण पनि सुनमा असर परेको संघको तर्क छ ।