शनिबार राजधानीमा एक कार्यक्रम गरी वर्तमान उपाध्यक्ष भट्टले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
आगामी असोज २८ गतेदेखि ३१ गतेसम्म काठमाडौंमा हुने आठौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चयन गर्नेछ । भट्ट एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष भइसकेका छन् ।
संघमा विभिन्न पदमा रहेर काम गरिसकेकाले यही निरन्तरता र जिम्मेदारी बोधले आफूलाई संघको नेतृत्व लिन अभिप्रेरित गरेको भट्टले उल्लेख गरे ।
संघले अहिलेसम्म लिएका निर्णय र पूरा गर्न बाँकी कार्यहरुलाई सम्पन्न गर्ने आफ्नो लक्ष्य रहेको भट्टले बताए ।
एनआरएन भवन निर्माण, लाप्राक नमुना बस्ती, सामूहिक लगानीका परियोजना निर्माण, अतिथि देवो भव, वैदेशिक रोजगार कोषको विस्तार,लगायतका अभियानलाई अघि बढाइने आफ्नो योजना रहेको उनले उल्लेख गरे ।
जापानमा होटल व्यवसायमा सफल भट्टले नेपालमा होटल, सन्चार, हवाई उड्ययनदेखि मदिरा उद्योगसम्म लगानी गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्