६२ किलोमिटर लामो योे सडक खण्डमध्ये ५३ किलोमिटर ट्रयाक खुलिसकेको छ ।
बाँकी ९ किलोमिटर ट्रयाक चालु आर्थिक वर्षको अन्त्यसम्ममा खोलिसकिने डिभिजन सडक कार्यालय पाटन बैतडीका प्रमुख ललितजंग खनालले जानकारी दिए ।
पाटन पञ्चेश्वर सडकको ट्रयाक खोल्ने काम सँगसँगै स्तरोन्नतिको काम पनि भइरहेको छ । चालु आर्थिक वर्षमा स्याडीगाडसम्मको १३ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ ।
स्याडीगाडदेखि मेलौलीसम्मको थप १८ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भइसकेको कार्यालयले जनाएको छ ।
पाटन पञ्चेश्वर सडकअन्तर्गत स्याडीगाड खोला र बाग्गोठगाड खोलामा पक्की पूलसमेत निर्माण भइसकेको छ ।
यसैबीच बैतडीको तल्लोसोराडका स्थानीय बासिन्दाको सडक सपना करिब ३४ वर्षपछि पूरा हुने भएको छ ।
आर्थिक बर्ष २०४०/४१ मा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पाटन पञ्चेश्वर सडकको ट्रयाक खोल्ने कामको उद्घाटन गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्