
सैनिक अत्याचार रोक्न सू कीले तत्काल कदम नचाले परिणाम निकै दूर्भाग्यपूर्ण र कहालीलाग्दो हुने चेतावनी उनले दिए ।
म्यानमारको सेनाले रोहिन्ग्यामाथि जातीय नरसंहार नै मच्चाएको राष्ट्रसंघको निचोड रहेको छ ।
म्यानमारको सेनाले भने गत महिना रोहिन्ग्या विद्रोहीले सुरक्षा निकायमाथि गरेको आक्रमणको जवाफ मात्र भएको र सर्वसाधारणलाई केही नगरिएको दावी गर्दै आएको छ ।
सू कीले मंगलवार राष्ट्रका नाममा संबोधन गर्दै छिन् । त्यसक्रममा हिंसा रोक्न सू कीले हस्तक्षेप गर्नुपर्ने भन्दै महासचिव गुटर्रेसले रोहिन्ग्यालाई घर फर्कन दिनैपर्ने उल्लेख गरे ।
यदि सू कीले हिंसा रोक्ने कदम नचाले त्यसले ल्याउने कहालीलाग्दो परिणामको आफूले कल्पना पनि गर्न नसक्ने र समाधान कसरी निस्कन्छ यसै भन्न नसक्ने बीबीसीलाई दिएको एक अन्तर्वार्तामा उनले उल्लेख गरे ।
महासचिव गुटर्रेसले म्यानमारको राजनीतिमा हात माथि पारिराखेको सेनाले रखाइन प्रान्तमा के गर्यो भन्ने दुनियां साक्षी रहेको बताए ।
रोहिन्ग्यामाथि भएको जातीय सफायाको विश्वभरबाट आलोचना भएपछि सू कीले संयुक्त राष्ट्रसंघको महासभामै भाग नलिने निर्णय गरेकी छिन् ।
२५ वर्षभन्दा लामो समय बर्मेली सैनिक शासक जुन्ताको नजरबन्दमा रहेर मुलुकको प्रजातन्त्रका लागि संघर्ष गरेकी सू की यस बेला रोहिन्ग्या मुद्दामा सर्वत्र ओलोचित बनेकी हुन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्