
रोहिंग्या समुदायका बालबालिका म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण विस्थापित भइरहेका छन् । उनीहरु यस वर्षको अन्त्यसम्ममा त्यति ठूलो संख्यामा बाहिरिनुपर्ने अवस्था आएको अन्तर्राष्ट्रिय सहायता समूहले जनाएको छ ।
बुद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको त्यस राज्यबाट अहिलेसम्म रोहिंग्या मुिस्लम समुदायका झण्डै चारलाख जना नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघका अनुसार अहिले विस्थपित भएकामध्ये झण्डै आधा जति बालबालिका हरेका छन् । म्यान्माली नागरिक दिनहूँ लगाएर पहाडी बाटो हिँडेर पनि त्यहाँ पुग्ने गरेका छन् ।
‘राष्ट्रसंघीय निकायहरुका अनुसार यस वर्षको अन्त्यसम्ममा विस्थापितहरुको संख्या बढेर ६ लाख पुग्नेछ,’ ‘सेभ द चिल्ड्रेन च्यारिटी’का बंगलादेश प्रमुख मार्क पिर्सले भने ।
बंगलादेश र सहयोगी निकायहरुले विस्थापितहरुका लागि कोक्सबजारको नजिकै खुल्ला तथा पहाडी ठाँउहरुमा शिविरको व्यवस्थापन गर्न लागिरहेका छन् । कोक्स बजार म्यानमारसँग सिमाना जोडिएको बंगलादेशको क्षेत्र हो । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्