उतार–चढावबीच बजार परिसूचक नेप्से १७ अंकले उकालो लागेर १५ सय ४७ पुग्यो ।
होटल, वित्त र अन्यबाहेक अरु कारोबार भएका सबै समूह उकालो लागे । बिमा समूहमा सबैभन्दा उच्च ४३ अंकको वृद्धि आयो । वाणिज्य बैंक समूह पनि २५ अंकले सुधारियो । उत्पादन र व्यापारमूलक समूह पनि दोहोरो अंकले बढे । विकास बैंक र जलविद्युत समूह सामान्य अंकले हरियो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५९ कम्पनीको १६ लाख ६२ हजार कित्ता सेयर ७८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्स्चेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्