११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


‘रोहिंग्या मुसलमान अतिवादी हुन, आफ्नै कारणले समस्या निम्त्याए’


0
Shares

पछिल्लो पटक भड्किएको द्वन्द्वका कारण म्यानमारका हजारौं रोहिंग्या मुसलमान विस्थापित भइरहेको अवस्थामा म्यानमारको सेनाका जनरल मिन आङ हलाङ्गले उनीहरुकै कारण समस्या उत्पन्न भएको आरोप लगाएका हुन् ।

उनले रोहिंग्या कहिल्यै पनि जातीय समूह नरहेको बताए । हलाङ्गले रोहिंग्या अतिवादी रहेको र रखाइन राज्यमा आफ्नो पकड स्थापित गर्न खोजेको आरोप पनि लगाए ।

झन्डै एक महिनादेखि म्यानमारको उत्तरी रखाइन राज्यमा बुद्धिस्ट र रोहिंग्या मुसलमानबीच हिंसा भड्किंदा झन्डै चार लाखको हाराहारीमा रोहिंग्या मुसलमान बंगलादेशमा विस्थापित भएका छन् ।

सेनाले रोहिंग्या मुलसमानमाथि ज्यादति गरेको आरोप लागेको छ । तर जनरल मिनले भने रोहिंग्याकै कारण समस्या उत्पन्न भएको बताएका हुन् ।

संयुक्त राष्ट्र संघले भने रोहिंग्यामाथि म्यानमार सरकारले ज्यादती गरेको आरोप लगाएको छ ।

राष्ट्र संघले रोहिंग्यामाथि भइरहेको ज्यादतिप्रति नेतृ आङ साङ सुकीको ध्यानाकर्षण गराउँदै समस्या समाधान गर्न अन्तिम मौकासहितको चेतावनी दिएको छ । (एजेन्सी)