
डा. यादवले राजविराज नगरपालिका–२ स्थित आधारभूत मावि मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरेका हुन् ।
उनले मतदानमा सहभागी हुन पाउँदा आफूलाई निकै खुसी लागेको बताए । यसैगरी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि गृहजिल्ला रौतहटको गौर नगरपालिकामा पुगेर मतदान गरेका छन् ।
उनले रामजानकी केन्द्रबाट मतदान गरेका हुन् । त्यसैगरी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिकाको राजेश्वर निधि उच्च मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।
मतदानपछि हामीसँग सँग संक्षिप्त कुरा गर्दै नेता निधिले २० वर्षपछि भएको निर्वाचनबाट चयन हुने जनप्रतिनिधिले विकासलाई तिव्रता दिने बताए । उनले मतदानमा उत्साहजनक सहभागिता रहेको बताए ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर भने अस्वस्थ भएपछि मतदानमा सहभागी हुन सकेनन् ।
उनले सर्लाहीको बलरा नगरपालिकामा मतदान गर्ने भनिए पनि अस्वस्थ्य भएर आइतबार नै काठमाडौं फर्किएका हुन् ।
राजपाका नेता राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर २ को दुर्गा खोभारी जनता उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले रौतहटको दुर्भाभगवती गाउँपालिकास्थित संस्कृत उच्च माध्यमिक विद्यालयबाट मतदान गरेका छन् भने अर्का नेता महेन्द्रराय यादवले सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थिति रामजानकी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् ।
त्यसैगरी राजपाकै नेता शरत्सिंह भण्डारीले महोत्तरीको औरही नगरपालिकास्थित औरही माविबाट मतदान गरे ।
यसैगरी नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले सिराहा नगरपालिका– १५ स्थित सुखसैना केन्द्रबाट मतदान गरेकी छिन् ।
नेपाली कांग्रेसका नेता आनन्द ढुंगानाले धनुषाधाम नगरपालिका–१ को गोविन्दपुर केन्द्रबाट र कांग्रेस नेता तथा श्रम मन्त्री फरमुल्ला मन्सुरले बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित जितपुर उच्च मावि केन्द्रबाट मतदान गरेका छन् ।
नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका स्वाथ्यमन्त्री गिरिराजमणि पोखरेललेले बर्दिबास नगरपालिका–३, गौरीडाँडा मतदान केन्द्रबाट मतदान गरेका छन् भने सहकारी विकासमन्त्री प्रभु शाहले रौतहटको मौलापुर नगरपालिका–५ को मौतापुर केन्द्रबाट मतदान गरे ।
त्यसैगरी नेता मातृका यादवले धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद उमावि केन्द्रबाट मतदान गरेका छन् ।
नेकपा एमालेका नेता सत्यनारायण मण्डलले सप्तरीको सप्तकोसी नगरपालिका–११ स्थित बालविकास केन्द्रबाट मतदान गरेका छन् ।
त्यसैगरी पर्यटन तथा नागरिक उड्ययन मन्त्री जितेन्द्रनारायण देवले सप्तरीको नरेन्द्र मेमोरियल मावि केन्द्रमा पुगेर मतदान गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
प्रतिक्रिया दिनुहोस्