११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


रोमानियामा शक्तिशाली आँधी, ८ जनाको मृत्यु


0
Shares

प्रतिघण्टा एक सय किलोमिटरको दरले आएको आँधीले रोमानियाको तिमीसोएरा शहर बढी प्रभावित भएको छ ।

आँधीले अधिकांश घरका छाना उडाउनुका साथै सडकमा रुख ढलेका कारण यातायात सेवा अवरुद्ध भएको छ ।

खानेपानीको लाइन काटिएको छ भने विद्युत् आपूर्ति पनि अबरुद्ध बनेको छ ।

आँधी बिस्तारै युक्रेनतर्फ सर्दै गएको मौसमविद्हरुले बताएका छन् । आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । (एजेन्सी)