१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


प्रदेश–२ मा मतदानको समय सकियो, लाइनमा रहेकाले अबेरसम्मै मतदान गर्न पाउने


0
Shares

बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मका लागि मतदानको समय तोकिएको भएपनि लाइनमा रहेकाहरुले भने अबेरसम्मै मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा करिब ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।

प्रदेश नम्बर–२ मा पर्ने ८ जिल्लाका १३६ स्थानीय तहमा सोमबार मतदान भएको हो । दुई दशकपछि भएको स्थानीय निर्वाचनमा सर्वसाधारणको निकै उत्साहजनक सहभागिता रह्यो ।

मतदानबाट ६ हजार ६२७ जनप्रतिनिधि चुनिनेछन् । जसका लागि ३६ हजार ९९३ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

सो प्रदेशका ८ जिल्लामा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् ।