१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


बारामा ७५ प्रतिशत मतदान, रातिदेखि नै मतगणना


0
Shares

मुख्य निर्वाचन अधिकृत जितेन्द्र थापाकाअनुसार बाराका १६ ओटा स्थानीय तहको ३०३ मतदानस्थल र ४५८ मतदान केन्द्रबाट सोमबार बिहान ७ देखि बेलुका ५ बजेसम्म जारी मतदानमा ७५ प्रतिशत मतदान भएको छ ।

दुई उपमहानगरपालिका, पाँच नगरपालिका र ९ गाउँपालिका रहेको बारामा तीन लाख ३४ हजार ७४६ मतदाताले आ–आफ्नो मतदान केन्द्रबाट शान्तिपूर्ण तरिकाले लाइनबद्ध भइ मतदान गरेको जनाइएको छ ।

स्थानीय प्रशासनले शान्ति–सुरक्षाको राम्रो व्यवस्था गरेको हुनाले मतदाताहरुले निर्धक्क भइ मतदान गरेको र मतदान केन्द्रमा कुनै प्रकारको घटनासमेत नभएको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए ।

मतपेटिकाहरु सम्बन्धित मतदानस्थलमा आइपुगेपछि सोमबार रातिदेखि नै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए । रासस