
रक्षा मन्त्रालयले सोमबार जारी गरेको वक्तव्यमा देशभरी गत २४ घन्टामा ७७ जनाभन्दा बढी विद्रोहीहरू मारिएको र अन्य ७३ जना घाइते भएको पनि उल्लेख गरिएको छ ।
वक्तव्यमा भनिएको छ, ‘अफगानी सुरक्षा फौजले १६ ओटा सुरक्षा सफाई अभियान चलाएको थियो भने १४ विषेश सुरक्षा कारबाही चलाएको थियो । ती अभियानहरू देशभरका १४ प्रान्तमा गत २४ घन्टामा भएको हो ।’
वक्तव्यमा थप लेखिएको छ, ‘ती सबै सुरक्षा कारबाहीका क्रममा ७७ जना विद्रोही लडाकू मारिएका छन् भने ७३ जना घाइते र ६ जना गिरफ्तार भएका छन् ।’
सरकारी सुरक्षाकर्मीहरूले केही हातहतियार र विस्फोटक पदार्थहरू पनि नियन्त्रणमा लिएर सुरक्षा कारबाहीको सिलसिलामा नष्ट गरिएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
साथै, लडाकूहरूले प्रयोग गर्ने २९ ओटा मोटरसाइकल पनि सुरक्षाकर्मीले नष्ट गरिदिएको समाचारमा उल्लेख छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्