Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


सोमबार नेप्से घट्यो


0
Shares

सोमबार नेप्से ४ अंकले झरेर १५ सय ४३ विन्दुमा आइपुग्यो । अघिल्लो दिन नेप्से १७ अंकले बढेको थियो ।

सोमबार कारोबार भएका अधिकांश समूहमा गिरावट आयो । जलविद्युत्, व्यापार र अन्य समूहमा सामान्य वृद्धि आयो भने अरु समूहमा गिरावट आयो । बिमा समूह सबैभन्दा उच्च ७९ अंकले झर्‍यो ।

यसदिन कारोबार परिमाण पनि न्यून नै रह्यो । १ सय ६१ कम्पनीको १० लाख कित्ता सेयर ४६ करोड ९३ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।