
जिल्लामा १७ स्थानीय तह छन् । केही ठाउँमा खसेको मतको विवरण आउन अझै बाँकी रहेकाले मत प्रतिशत केही बढ्नेसक्ने मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए ।
बस्नेतकाअनुसार सबैभन्दा बढी भगवानपुर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय गैरसा मतदान केन्द्रमा ८३ दशमलव ५५ प्रतिशत मत खसेको छ ।
सबै मतदानस्थलको मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि दलीय प्रतिनिधिसँगको छलफलपछि सोमबारै रातिदेखि मतगणना सुरु गरिने बताइएको छ ।
२८३ सवारी–साधन नियन्त्रित
प्रहरीले जिल्ला निर्वाचन कार्यालयसँग अनुमति नलिइ मतदानका समयमा चलाएका २८३ सवारी–साधन नियन्त्रण लिएको छ ।
त्यस्तै, फर्जीमत खसाल्न खोज्ने १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।
८ नगरपालिका र ९ गाउँपालिका रहेको सिरहामा २२१ मतदानस्थल र ४३१ मतदान केन्द्र निर्धारण गरिएको थियो । सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता थिए । रासस
प्रतिक्रिया दिनुहोस्